मिर्गौलाले अकस्मात् काम गर्न छाड्ने अवस्था
मिर्गौला एट्याक (एकेआइ) भनेको यस्तो अवस्था हो, जतिबेला शरीरका दुबै मिर्गालाले अकस्मात् काम गर्न छाड्छन् । यस अवस्थाको विपत्तिको सामना गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न तयारी गर्नुपर्ने टड्कारो आवश्यकता छ । यससँगै किड्नी एट्याकबारे आवश्यक जनचेतना अभिवृद्धि गर्नुपर्ने, यसबाट बच्ने उपाय खोजिनु पर्ने र भएको अवस्थामा शीघ्र निदान गरी सही उपचार गर्नुपर्ने खाँचो रहेको छ ।
मिर्गौला एट्याकको विश्वव्यापी अवस्था
रगतमा ० दशमलव ३ मिली प्रतिडेसिलिटर भन्दा बढी क्रियाटिनिन्को मात्रा बढेमा, पहिलेको देखिएको क्रियाटिनिनको मात्रा १५ प्रतिशतले बढेमा वा ० दशमलव ५ मिलि प्रतिकेजी प्रति घण्टा भन्दा कम पिसाबको मात्रा रहिरहेमा (बढीमा ६ घण्टासम्म) विरामीलाई एक्यूट किड्नी इन्जूरी (एकेआई) भएको मान्ने गरिन्छ । एक अध्ययन अनुसार प्रति दश लाख जनसंख्यामा २ हजार १ सय ४६ जनामा एकेआई भएको दखिएको छ । साथै अर्को अध्ययनले डायलाइसिस् चाहिने विरामीको संख्या प्रति दश लाखमा २ सय ४४ जना प्रति वर्ष रहेको देखाएको छ । साथै यो अवस्था हरेक बर्ष बढ्दो क्रममा देखिएको छ । यसबाट पुरुष र बृद्धहरु बढी प्रभावित भएका छन् । तर दुःखद कुरा के भने नेपालमा यसको उचित अनुसन्धान त भएको छैन नै, पूर्ण तथ्याङ्क समेत छैन ।
वीर अस्पतालको १० बर्षको तथ्याङ्क हेर्दा यो अवधिमा कूल ८ सय ४२ बिरामीमा एकेआई देखा परेको छ । जसमा जटिल संक्रमणका कारण १ सय ७६, झाडापखालाले १ सय १९, अरिंगालको टोकाईबाट ५२, गर्भावस्थासँग जोडिएका अवस्थामा ४०, विभिन्न औषधि तथा जडिबुटीको प्रयोगबाट २०, मिर्गौलाको पत्थरी र अन्य रोगको कारणले ५८ जना र अन्य रोगका कारण ६६ जना विरामीमा एकेआई पाइएको थियो । यो सामान्य आकडामा पनि एकेआइका विरामी प्रतिबर्ष बढ्ने क्रममा नै देखिएका थिए ।
अस्पतालमा भर्ना भएका विरामीको तथ्याङ्क केलाउँदा विकसित मुलुकमा एकेआइले ३ दशमलव २ प्रतिशतदेखि ९ दशमलव ६ प्रतिशत विरामीलाई छुने गरेको देखिएको छ । करिब २० प्रतिशत यस्ता विरामीको मृत्यु नै हुन्छ । एकपटक एकेआइ भएर निको भएका विरामीमा दीर्घकालीन रुपमा मिर्गौला फेल हुने खतरा पनि बढेको देखिएको छ । सिकिस्त भएर आइसियुमा भर्ना हुने विरामीमध्ये ५ देखि ६ प्रतिशतमा एकेआई भएर डायलाइसिस गर्नु पर्छ । यस्तो अवस्थाको मृत्युदर ६० प्रतिशत पाइएको छ । संसारभरमा करिब बीस लाख विरामीको एकेआई भएर बर्षेनी ज्यान जाने गरेको अनुमान छ ।
विकासोन्मुख राष्ट्रमा एकेआई
संसारका ८६ प्रतिशत मानिस विकासोन्मुख राष्ट्रमा बस्छन् । यी राष्ट्रमा सुविधा सम्पन्न अस्पताल र दयनीय प्राथमिक स्वास्थ्य सेवाको अवस्था दुबै पाइन्छन् । स्वास्थ्य सेवा बहुसंख्यक जनताको पहुँचभन्दा बाहिर छ । ग्रामिण र दुरदराजका अवस्थाहरु खोतल्ने हो भने ठीक उल्टो देखिन आउँछ । प्रायजसो एकेआई झाडापखाला, संक्रमण (मलेरिया, डेंगु, लेप्टोस्पाइरोसिस, टिटानस, एचआईभी आदि), बिषालु जनावरको टोकाई (सर्प, विच्छी, अरिंगाल, बारुलो), असुरक्षित गर्भपतन, आयुर्वेदिक औषधि एकेआइका प्रमुख कारण देखिएका छन् ।
हाम्रो राष्ट्रले पनि गरीबी र पछौटेपनसँग जोडिएका यी समस्याको अत्यन्त ठूलो मूल्य चुकाइरहेको छ । उचित सरसफाइको अभाव, स्वच्छ खानेपानीको अव्यवस्था, स्वास्थ्य शिक्षाको कमी, पूर्वाधार विकासको अभाव र पहुँच भन्दा बाहिरको स्वास्थ्य सेवा नेपाली जनताको अकाल मृत्युको कारण बनिरहेका छन् ।

विकसित मुलुकमा एकेआइ
विकसित मुलुकका आइसियुमा रहेका ४५ प्रतिशतसम्म विरामीमा यो समस्या देखिएको छ । यो संख्या बिगत एक दशकदेखि बढ्ने क्रममा पनि छ । एक तथ्याङ्कले त अस्पतालमा भर्ना भएका पाँचमध्ये एक जनामा एकेआई हुने गरेको देखाएको छ । मानिसको सरदर आयुमा भएको बढोत्तरी र बुढेशकालमा धेरै प्रकारका रोग एकै व्यक्तिमा पाइने हुनाले एकेआईको संख्या बढेको अनुमान गरिएको छ ।
यसका विभिन्न कारणमध्ये अप्रेशनको बेलामा रक्तचाप कम भएर मिर्गौलाको रक्त प्रवाहमा कमी आउनु, धेरै एन्टिवायोटिक औषधिको प्रयोगले क्लोस्ट्रिडियम डेफिसिल भन्ने व्याक्टेरियाले लगाउने पखाला, विभिन्न मिर्गौला विनास गर्ने औषधिको प्रयोग, अत्यन्त जटिल संक्रमण (सेप्सिस), विभिन्न कन्ट्रास्ट औषधिको प्रयोग (एक्सरे, सिटीस्क्यान, एन्जियोग्राफी) आदि प्रमुख कारण पाइएको छ । विरामीमा एकेआइ भएपछि रोगसँग लड्ने क्षमता कम हुने र धेरै अंग फेल हुने सभावना रहन्छ ।
अधिकांश ठूला अस्पतालमा जटिल विरामीको उपचार विभिन्न विधाका विशेषज्ञ टोलीले गर्ने गर्छ । उनीहरुबीच आवश्यक संचारको कमी र नियमित अन्तरक्रियाको अभावमा विरामीको अवस्था अझ जटिल बन्दै जाने खतरा रहन्छ । एकेआइको सही ज्ञानको अभावमा विभिन्न स्वास्थ्यकर्मीले नै मिर्गौला विगार्ने औषधि अधिक मात्रामा प्रयोग गर्ने खतरा पनि छ । चिकित्सकले दुखाइ कम गर्न दिने ‘पेनकिलर’लाई उदाहरणका रूपमा लिन सकिन्छ । ‘पेनकिलर’ खाने व्यक्तिको पहिलेदेखि नै मिर्गौला कमजोर रहेछ भने उसलाई एकेआइ हुने खतरा बढेर जान्छ ।

बच्चामा पनि एकेआइको खतरा
बालबालिकामा एकेआइ हुने क्रम प्रत्येक बर्ष बढिरहेको पाइएको छ । बालबालिकामा जन्मजात हुने मिर्गौलाका रोगका अलावा विभिन्न संक्रमण, हिमोलाइटिक युरेमिक सिन्ड्रोम र विभिन्न मिर्गौला बिगार्ने बिषादीको प्रयोग भएका खानेकुराले एकेआइको खतरा हुन्छ । एकेआइकै कारण बच्चादेखि बयस्कसम्म सबै उमेरका बिरामीको मृत्युसमेत भएको देखिन्छ । मुटुमा हुने ‘एन्जाइना पेक्टोरिस’ जस्तै मिर्गौलाको पनि ‘रिनल एन्जाइना’ प्रतिपादन गरिएको छ, ताकि यो समस्या पनि बेलैमा निदान गरी ऐकेआइ हुनबाट जोगाउन सकियोस् । बच्चाहरुमा ‘रिनल एन्जाइना’को पहिलो लक्षण पानीको मात्रा बढी भएर घाँटीका नशाहरु फुल्ने र गोडा सुन्निएर आउने तथा अनुहार फुलेको देखिनु हो ।
एकेआइका संभावित जटिलता
उच्च मृत्युदर बाहेक यस अवस्थाका अरु महत्वपूर्ण असर पनि देखिन्छन् । एकेआइ भएपछि विरामी अस्पतालमा लामो समय भर्ना हुनुपर्छ । यस्ता विरामीको उपचारमा अत्यन्त धेरै साधन र स्रोतको खर्च हुनेगर्छ । भेन्टिलेटरमा भएका विरामीलाई एकेआइ भएमा उनीहरुलाई भेन्टिलेटरबाट निकाल्न अत्यन्त गा¥हो हुन्छ । अस्पतालबाट डिस्चार्ज भएर गए पनि आफ्नो काममा फर्कन उनीहरुलाई बढी समय लाग्ने गर्दछ । यसले विरामीको भविष्यमा मिर्गौला फेल हुने खतरा पनि बढ्न जान्छ ।
एकेआइबाट जोगिन सकिन्छ ?
एकेआइ धेरै देखिन थालेको र उपचार जटिल भएको समस्या भएपनि यसको उपचार संभव छ । हालसालै केडिगो (विश्वस्तरीय मिर्गौलासम्बन्धी रोगको योजना तर्जुमा गर्ने संस्था) ले यस रोगका सम्पूर्ण पाटोलाई व्यवस्थित गर्दै, अन्तर्राष्ट्रिय मापदण्ड पनि प्रकाशित गरेको छ । जसले गर्दा यसको उपचार प्रक्रिया पनि सजिलो भएको छ । एकेआइबाट बच्ने प्रक्रिया समुदायबाट नै शुरु हुन्छ । एकेआइ हुने खतरामा रहेको व्यक्तिको शीघ्र पहिचान गर्नुपर्छ । जलवियोजन भएका झाडापखालाका विरामी, बढी उमेर भएका, मधुमेह वा मिर्गौलामा पानीको फोका हुने बिरामीले पेनकिलरको प्रयोग गर्नु हुँदैन । कतिपय रक्तचाप नियन्त्रण गर्ने औषधि, एन्टिबायोटिक र अरु औषधिको प्रयोग जथाभावी गर्नु हुँदैन ।
पानी प्रसस्त पिउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहारविहारमा ध्यान दिने, धूमपान नगर्ने, शरीरको तौल नियन्त्रणमा राख्ने र कुनै रोग लागिहालेमा सही समयमा उपचार गर्ने गरेमा एकेआइबाट बच्न सकिन्छ । रक्तचापको नियन्त्रणमा राख्ने, शरिरमा पानी तथा लवणको मात्रा सामान्य बनाउने, हिमोग्लोबिन र अक्सिजन पर्याप्त मात्रामा राख्नु, मिर्गौला बिगार्ने औषधीको कम प्रयोग गर्नु, एक चिकित्सकले आफ्नो विरामीको किड्नी एट्याक नहोस भनेर गर्नु पर्ने न्यूनतम कार्यहरु गर्नाले बाट बच्न र बचाउन सकिन्छ ।
किड्नी एट्याकमा डायलाइसिस
एकेआइ जटिल भएपछि मिर्गौलाको सहयोगका लागि डायलाइसिस् गर्नुपर्ने हुन्छ । यो प्रक्रिया पेटमा पाइप राखेर वा मेसिनको सहायताले गर्न सकिन्छ । मेसिनले गरिने डायलाइसिस्का पनि विभिन्न प्रकार रहेका छन् । हालसालै केडिगोले सार्वजनिक गरेको मापदण्ड अनुसार एकेआइका बिरामीको डायलाइसिस डोज पनि तोकेको छ । अल्पविकसित राष्ट्रहरुमा मेसिनबाट गरिने डायलाइसिस खर्चिलो हुने हुँदा सर्वसुलभ बन्न सकेको छैन । पेटबाट गरिने डायलाइसिस भने प्राथमिक उपचार केन्द्रमा पनि गर्न सकिने भएकोले यसको विस्तार गर्न अत्यन्त आवश्यक छ । यसबाट कैयौं कम उमेरका मानिसको पनि अकालमा हुने मृत्यु कम गर्न सकिन्छ । अझ नेपाल जस्तो देशमा त बालबालिकाको डायलाइसिस सुविधा छँदैछैन भने पनि हुन्छ ।
सरोकारवालाको भूमिका
सरकारी निकायले एकेआइको खतरा, रोग पछिको अवस्था र मृत्युलगायतका बिषयमा अस्पताल तथा समुदायमा अनुसन्धानका लागि आवश्यक स्रोत र साधनको व्यवस्था गर्नुपर्छ । एकेआइ रोकथामका लागि बजेट व्यवस्था गरी विभिन्न प्राकृतिक प्रकोप (बाढी), दुर्गन्धित वातावरण, दूषित पानी र बिषालु जनावरबाट हुने एकेआइको नियन्त्रण प्रयास गरिनुपर्छ । औलो, डेंगु, लेप्टोस्पाइरोसिस, एचआइभीजस्ता संक्रमणमा हुने उच्च एकेआइका अवस्था कम गर्न यी रोगको नियन्त्रण तथा उपचारमा प्राथमिकता दिइनुपर्छ ।
सुरक्षित मातृत्व कार्यक्रममार्फत् गर्भवती महिलामा हुने एकेआइ कम गर्न उचित ध्यान दिइनुपर्छ । विभिन्न स्वास्थ्यकर्मी र सर्वसाधारणमा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्छ । यसैगरी समुदायले एकेआईका विभिन्न आयामबारे सही सूचना लिने बानीको विकास गरी मिर्गौलालाई असर गर्ने बिभिन्न औषधिको प्रयोग रोक्नुपर्छ । स्वास्थ्यकर्मीहरुले पनि एकेआई विकसित हुनसक्ने विरामी र अवस्थाको समयमा नै पहिचान गरी उचित व्यवस्थापन गर्नु जरुरी छ । समयमा रिफर गर्ने बानी बसाउने,मिर्गौलामा नकरात्मक असर गर्ने तत्वहरुको पहिचान गरी सकभर तिनको प्रयोग नगर्ने गर्नुपर्छ । बिरामीको पहिचान गर्न र बचाउका लागि यो समुदायको ठूलो भूमिका हुन्छ ।
यसमा मिर्गौला विशेषज्ञहरुको पनि ठूलै भूमिका हुन्छ । उनीहरुले एकेआइ पहिचान, उपचार र बचावटका लागि विभिन्न मापदण्डको अबलम्बन गरी यसमा अध्ययन र अनुसन्धानको मात्रा बढाउन सक्छन् । नयाँ उपचार पद्दतिको विकास गर्ने, नियमित शैक्षिक कार्यक्रमको आयोजना गर्ने र सरोकारवालासँग उचित समन्वय गरी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्ने काम यो समुदायबाट भएमा पीडित वर्ग पक्कै पनि लाभान्वित हुनेछ ।

- डा. अनिल बराल, मिर्गौला रोग विशेषज्ञ, वीर अस्पताल
No Comment to " मिर्गौलाले अकस्मात् काम गर्न छाड्ने अवस्था "