नीता लाई प्रेमपत्र लेख्दै आत्महत्या !
यस्तै घटना भयो अहिलेकी चल्तीकी नायिका नीता ढुंगानाको जीवनमा पनि । जसले अहिले पनि उनलाई झस्काइरहन्छ ।
करिव एक दशकअघि भएको यस्तै दुःखलाग्दा घटना ढुंगानाले हामी सँग खुलासा गरेकी छिन् ।
आफू ‘स्वीट सिक्सटिन’मा रहेका बेला चितवनका एक युवकले आफ्नो नाममा जीवन समाप्त पारेको सम्झिंदा अहिले पनि उनलाई ग्लानी लाग्छ ।
तपाइले कहिल्यै नभुल्ने प्रेमपत्र कुन थियो ? पत्रकर्ल्र नीतालाई यो प्रश्न सोधेपछि उनी निकैबेर भावुक बनिन् र लामो श्वास तानिन् ।
उनले विगतको कुरा संझदै भनिन्-‘मलाई चितवनका एक जना युवकले खुबै मन पराउनु हुन्थ्यो । तर, मैले उहाँको कुरा बुझ्न सकिन, त्यही भूल भयो ।’
नीताले हामी लाई बताएअनुसार ती युवकले उनलाई मन पराए पनि नीताले उनलाई केवल असल साथीका रुपमा मात्र लिएकी थिइन् । तर, एक दिन उनले नीतालाई प्रेम प्रस्ताव राखे, जसलाई उनले स्वीकार गरिनन् ।
‘उहाँलाई नजिकको साथी सोच्नु नै मेरो गल्ती भयो । उहाँले मलाई मन पराउनु हुँदोरहेछ, तर, मलाई थाहा भएन ।’
नीताले प्रेम अस्विकार गरेपछि ती युवकले आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि उनले नीतालाई प्रेमपत्र लेख्दै प्रेम प्रस्ताव अस्वीकार गरेकामा निकै चित्त दुखाएका थिए ।
नीताकै नाममा ती युवकले यो संसारबाट बिदा लिए ।
निकै बर्ष पुरानो यो घटना सम्झिंदा नीता आज पनि दुःखी छिन् । आफ्ना कारण कसैले ज्यानै फालेको घटनाले उनलाई झस्काइरहन्छ ।
हालै अमेश भण्डारीसँगको प्रेम सम्बन्धलाई सार्वजनिक गरेकी नीता आफूलाई नपाएर आत्महत्या गर्ने युवकको अन्तिम प्रेमपत्र संगालेर राखेको बताइन् ।
No Comment to " नीता लाई प्रेमपत्र लेख्दै आत्महत्या ! "